हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने
गुगलपाटी संवाददाताहेटौंडा : हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ ।
भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई मध्यनजर गर्दै महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुनेभएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै यहि चैतको १६ गते देखि २२ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा पल्पसा सभागृहमा मेला हुने जानकारी दिइएको छ ।
मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल रहेन, विभिन्न प्रकारका खाने, महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर , निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नित्य, निशुल्क आँखा शिविर सहितको स्टल रहेने र प्रवेश शुल्क निशुल्क रहेको महिला उद्यमी विकास समितिका सभापति निलम बैद्यले पत्रकार सम्मेलनमा बताउनुभयो ।
महिला उद्यमीलाई प्रोत्नसाह गर्न र भ्रमण बर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको सभापति बैद्य बताउँछिन् । मेलामा कुल ११ लाख खर्च अनुमान गरेको आयोजकले जनाएको छ । बैद्यका अनुसार ५५ वटा स्टल निर्माण हुने जस मध्ये १० वटा विभिन्न अशक्त तथा ग्रामिण क्षेत्रका महिलाहरुको उत्पादन राख्न निशुल्क उपलब्ध गराउने बताउँछिन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना,कुल प्रसाद चौलागाई लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो।