प्रदेश सरकारले सुरुङमार्ग बनाउने

गुगलपाटी संवाददाता
२३ फाल्गुन २०७६ १३:५३

हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग बन्ने पक्का  भएको छ । सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले गृहकार्य  गरिहेको छ ।  शुक्रबार विहान बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल सुरुङमार्गको प्रवेद्धार रहने स्थान  को अवलोकन गरेका छन् ।  भीमफेदी गाउँपालिकाको धापमा रहेको सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेका पहिलो प्रदेशको गौरवको योजनाको रुपमा रहेको भन्दै मन्त्री फुयाँलले अब कुनै पनि हालतमा सुरुङ मार्ग कुनै पनि हालतमा बन्ने बताए ।  संघिय सरकारलाई जोडेर सुरुङ मार्गको काम अगाडी बढाउने बताए ।   पुर्वाधार विकास कम्पनीको विषय प्रति कानुनी प्रावधान अनुसार अगाडी बढ्ने बताए । मन्त्री   फुयाँलले  जनताको काम कतिबेर अल्झाउने भन्दै कानुनी प्रक्रिया अबलम्बन गर्ने पनि बताए ।
अबको ४० दिनमा    प्राविधिक टोलीले आफनो रिपोर्ट दिने बताएको छ ।   सरकारले  वैशाखको अन्तिम सम्ममा टेण्डर  हुने जनाएको छ । १० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए ।

३.२ किलो मिटरको सुरुङ
सुरुङमार्ग ३ किलोमिटर २ सय मिटरको  हुने छ ।  भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत यातायात पुर्वाधार विकास निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीका अनुसार सरकारले वैशाखको अन्तिम सम्ममा टेण्डर प्रक्रियामा जाने  बताए ।  करिब १५ अर्ब खर्च लाग्ने उनले बताए ।
सहयोग गर्न गाउँपालिका तयार
बाग्मती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको “पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग” निर्माणको लागि भीमफेदी गाउँपालिकाले मुआब्जा लगायतको विषयमा सहयोग गर्ने जनाएको छ ।
गाउँपालिका अध्यक्ष हिदम लामाले स्थानीय स्तरबाट सहयोग गर्ने बताए । उनले भने “सुरुङ मार्गको लागि आवश्यक भैंसे भीमफेदीमा खासै ठुला  नीजि घरहरु  पर्दैनन् त्यसकारण मुआब्जामा ठुलो समस्या नहोला” ।  उनले भने “जग्गाहरुको विषयमा जनतालाई बुझाएर, सम्झाएर हामी अगाडी बढ्छौं ।” उनले सुरुङ मार्ग निर्माणमा गाउँपालिका वासिको साथ हुने पनि विश्वास व्यक्त गरे ।
अवलोकनमा संविधान सभा सदस्य अनन्त पौडेल, जिविस मकवानपुरका पूर्व सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना  लगायतको उपस्थिती रहेको थियो ।