चेपाङ बस्तिमा मिस वल्र्ड

गुगलपाटी संवाददाता
२३ फाल्गुन २०७६ १४:१०

मकवानपुरको दुगर्म चेपाङ बस्तिमा विश्व सुन्दरी टोनी एन सिङ पुगेकी छिन् । नेपाल भ्रमणका क्रममा विश्व सुन्दरीले कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्य चौकीको भ्रमण गरेकी हुन् । मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु दुई वटा हेलिकप्टर लिएर पुगेका हुन् ।

पुर्व मिस नेपाल शृङ्खलाले २०१८ को मिस वल्र्डमा “ब्युटी अफ दी प्रर्पज” को लागि कैलाश गाउँपालिका ७ मा स्वास्थ्य चौकी बनाएकी थिईन् । उक्त स्वास्थ्य चौकीले स्थानीय करिब ७ सय घर धुरीको ४ हजार जनसंख्यालाई लक्षित गरेर बनेको ङिको स्वास्थ्य चौकी निर्माण भएको हो ।

अवलोकनको क्रममा मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन । स्वाथ्यचौकीको अवलोकनपछि अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरिन् ।
मिस वल्र्डको टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै उनीहरू ३ दिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।