चप्पल उद्योगमा आगलागी, एक करोडभन्दा बढीको क्षति

गुगलपाटी संवाददाता
२८ फाल्गुन २०७६ ११:४४

बाँकेः इन्द्रपुरगेटस्थित जय सियाराम म्यानुफ्याक्चरिङ चप्पल उद्योगमा बुधबार भएको आगलागीमा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ । उद्योगमा रहेको कच्चा पदार्थ र उत्पादन भएमा सामग्री जलेर नष्ट भएको छ ।

आगोमा जलेर उद्योगमा कार्यरत २५ वर्षीय दीलिप चमार घाइते भएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । टाउको र कम्मरमुनीको भाग जलेर घाइते भएका चमारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

उद्योगमा राति करिब १ बजे आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया, मधुवन, नेपालगन्ज विमानस्थलका दमकल आएका थिए ।

स्रोतः नयाँपत्रिका