घरभित्र महिलाको शव भेटियो

गुगलपाटी संवाददाता
२९ फाल्गुन २०७६ ०७:२६

तेह्रथुम : आठराई खगाउँपालिका ४ ईवामा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। २८ वर्षीया विन्दा पुरीको आफ्नै घरमा हत्या भएको अवस्थामा बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टर्माटका लागि प्राथमिक स्वास्थ्य केन्द्र आठराई ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए ।

मृतक पुरीका १० वर्षीय र १५ महिनाका दुई छोरा छन्। विन्दाका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छन् ।
स्रोतः अन्नपुर्णपोस्ट