काभ्रेमा माइक्रो र ट्रक ठोक्किँदा, ५ घाइते

गुगलपाटी संवाददाता
२९ फाल्गुन २०७६ ०८:३८

काभ्रे : काभ्रेमा माइक्रोबस (हाईस) र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४१८७ माईक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नं। ३–०३–००१ ख ०१९४ नम्बरको मालवाहक ट्रक बिहीबार जिल्लाको धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गमा दुर्घटनामा परेको हो। घाईतेहरुको टाउको, खुट्टा, घुडा, नाक आदिमा चोट लागेको भए पनि अवस्था गम्भीर नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबिकुमार पौड्यालले जानकारी दिए। दुर्घटनामा परेर घाइते हुनेहरुमा झापा जिल्लाका दमक नपा–८ बस्ने बर्ष ३२ का रन्जित गजमिर, झापा जिल्लाका मेचिनगर नपा–६ वर्ष २२ का केशब मिश्र, दोलाखा जिल्लाको मैनापोखरीका वर्ष ६४ का बलराम शर्मा र काठमाण्डौ जिल्लाको कोटेश्वर बस्ने वर्ष ६२ का कृण्ण क्षेत्री रहेका छन्। त्यस्तै घाईते हुनेमा माईक्रोबस चालक काभ्रे जिल्लाको पनौती नपा–९ बस्ने वर्ष २८ का विज्ञान दाहाल लगायतको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दोलाखाको मैनापोखरी बस्ने बर्ष ६४ को बलराम शर्मा दाँया पातामा चोट लागेको छ। घाईते शर्मालाई अन्य घाइतेहरुलाई भन्दा बढी गहिरो चोट लागेको अस्पतालले जनाएको छ। झापाबाट यात्रु बोकेर आएको माईक्रोबस र काठमाण्डौबाट समान बोकेर आईरहेको मलवाहक ट्रक एकआपसमा ठोक्एिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। मालवाहक ट्रक, ट्रक चालक र हाईस प्रहरी नियन्त्रण छ भने दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतः थाहाखबर