बाल सुधार गृहमा सुध्रिदै ४२ बालक
गुगलपाटी संवाददाताहेटौंडा÷हेटौंडा उपमहानगरपालिका— ११ स्थित थानाभ¥याङ्मा रहेको बालसुधार गृहमा आईतवार सम्ममा ४२ जना बालक रहेका छन् । बालविज्याई गरेका कारणले उनीहरुलाई सुधार गृहमा राखिएको हो । कर्तव्य ज्यान,वलात्कार, लागुऔषध जस्ता कानुनको विज्याई गरेकाले उनीहरुलाई यहा“ राखिएको हो । सम्वन्धी अदालतले बालविज्याई गरेका १८ बर्ष भन्दा मुनिका बालकहरुलाई बालसुधार गृहमा राख्ने आदेश बमोजिम यह“ा राखिएको हो । बालसुधार गृहमा भएको बालकहरु त्यहा“ खेल्ने बस्ने गरेर दिन कटाउने गरेका छन् । खेल्नको लागि त्यहा“ बास्केटबल , फुटबल रहेको त्यहा“का निरिक्षक श्रवण कुमार पुडासैनीले बताए । उनीहरु दिनभरि कम्पाउण्ड भित्र खेल्ने गर्दछन् । बाल सुधार गृहमा एस.ई.ई दिने बिद्यार्थी पनि भएकोले घरबाट किताव मगाएर त्य“ही परिक्षाको तयारी गरिरहेका छन् । जुन परिक्षा केन्द्रमा परिक्षा हुने त्यही केन्द्रका शिक्षक आएर बाल सुधार गृहमा परिक्षा लिने पुडासैनीले जानकारी दिए । बालगृहमा १० बर्ष सम्म बस्ने बालक पनि रहेको उनले जानकारी दिए । बाल गृहमा बसेको बालक २० कटिसकेपछि आफनै जिल्लाका कारागारमा पठाउने गरेको उनले बताए । नेपालमा ८ वटा बाल सुधार गृह रहेको छ । त्यसमध्ये एउटा मात्रै बालिका सुधार गृह रहेको उनले जानकारी दिए । बालकहरुलाई सुधार्ने उद्देश्यले उनीहरु बालसधार गृहमा राखिएको हो । उमेर पुगिसकेका मानिसहरु संग राख्दा उनीमा नकरात्मक असर पर्न सक्ने भएकाले सुधार गृहमा राखिएको वताएका छन् । सुधार गृह १८ बर्ष भन्दा मुनिका बालकहरुलाई राख्ने स्थान हो । यहा“ विभिन्न बालविज्याई गर्ने बालकहरु छन् । तिनीहरु अरुको लहैलहैमा लागेर वा अरुको कुरा सनेर बिज्याई गरेका हुन्छन् । तिनीहरुले सहि गलत छुटाउन सकेका हुदैनन् । बाल सुधार गृहमा दिन दिनै घटबढ भईरहने श्रवण कुमारले बताए कहिले ७०÷८० जना सम्म पुग्ने गरेको छ उनले भने । उक्त सुधार गृहमा प्रदेश—१ र वाग्मती प्रदेशका विभिन्न जिल्लाका बालकहरु रहेका छन । त्यह“ा रहेका बालकहरुलाई सुत्न,बस्न र खेल्नका लागि हेटौडा उपमहानगरपालिका र बालवालिका क्ष्ँेत्रमा काम गर्ने संस्थाहरुले सहयोग गर्दै अँएका छन्