मनहरी गाँउपालिकाका ९ वटै वडामा दादुरा रुवेला खोप सञ्चालन
गुगलपाटी संवाददातामकवानपुरको मनहरी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान आज शनिबारबाट संचालन हुने भएको छ ।
आजबाट ९ गतेसम्म सञ्चालन हुने रुबेला खोप अभियान गाउँपालिकाभित्रका ९ वटै वडामा संचालन हुने भएको हो ।
उक्त खोप ९ महिनामाथि र ५ बर्षमुनिका सबै बालबालिकालाई अनिवार्य रुपमा लगाइनेछ ।
मनहरीका ९ वटै वडामा गरी ४ हजार २ सय ८० बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तयारी भएको स्वास्थ्य प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो ।
खोप अभियान अन्तरगत पहिलो चरणमा बकैया गाउँपालिका, राकिसराङ गाउँपालिका, कैलाश गाउँपालिका, बागमती र मनहरी गाउँपालिकामा संचालन गर्ने भएको छ भने दोस्रो चरणमा भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुगढी गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिमा संचाल गर्ने स्वास्थ्य कार्यालय प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चैत्र १२ गतेदेखि ११ गतेसम्म बकैया गाउँपालिकामा, चैत १ गतेदेखि ६ गतेसम्म राक्सिराङ गाउँपालिकामा, चैत १ गतेदेखि ११ गतेसम्म कैलाश गाउँपालिकामा, चैत १ गतेदेखि ९ गतेसम्म बागमती गाउँपालिकामा र चैत १ गतेदेखि ८ गतेसम्म मनहरी गाउँपालिकामा खोप अभियान संचालन हुनेछ ।
त्यस्तै दोस्रो चरणमा चैत्र १० गतेदेखि १८ गतेसम्म भीमफेदी गाउँपालिकामा, चैत्र १५ गतेदेखि २३ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा, चैत्र १७ गतेदेखि २३ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, चैत्र १५ गतेदेखि २३ गतेसम्म थाहानगरपालिकामा र चैत ११ गतेदेखि १९ गतेसम्म हेटौंडा उपमहानगरपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ ।