फलोअपका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

गुगलपाटी संवाददाता
२ चैत्र २०७६ ०६:१६

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर बालुवाटार फर्कंदै । तस्बिर स् स्वरुप आचार्य

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो। त्यो राखेको धेरै दिन भइसक्यो। धेरै राख्नुपनि हुँदैन,’ उनले भनिन्, ‘यो निकाल्न धेरै समय पनि लाग्दैन। सामान्य प्रक्रिया हो। त्यो निकालेर फर्किनुहुन्छ।’

मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट प्रा।डा। उत्तम शर्माले झिक्न लागेका हुन्। ‘त्यो सामान्य कुरो हो,’ उनले भने, ‘हामी अस्पतालमा कुरिरहेका छौं। उहाँ आउनेबित्तिकै झिकेर पठाइदिन्छौं।’ उनको अन्य कुनै परीक्षण हुनेरनहुनेबारे भने चिकित्सकहरुले केही बताएनन्।

प्रधानमन्त्री ओलीले आइतबार ५स्१५ बजे दक्षिण एसियाली सहयोग संगठन ९सार्क० राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।
स्रोतः कान्तिपुर