आकाशे पुलको आवश्यकता

गुगलपाटी संवाददाता
२ चैत्र २०७६ ०६:२६

बागमती प्रदेशको राजधानी हेटौंडामा आकाशे पुलको आवश्यकता देखिएको छ । राजधानी भए संगैै बजारमा बढेको सवारी चाप तथा जनसंख्याको चाप बढिरहेको छ । हेटौंंडाको सिमाचोक तथा नजिकै बुद्ध चोक मा आकाशे पुलको आवश्यकता देखिएको छ । साघुरो सडक तथा व्यस्त बजारले यँहा दैनिक पैदल यात्रुहरु जोखिम मोलेर बाटो काट्न बाध्य रहेका छन् । आकाशे पुलले बजारी क्षेत्रमा हुने पैदलयात्रुहरुलाई सडक पार गर्न सहज गर्दछ ।
शुक्रबार बुद्धचोक बाट बसपार्क तर्फ जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी चितवनकी रिता गौतमलाई त्रिभुवन राजपथ हुँदै आएको ट्रिपरले झन्डै ठक्कर दिएन । उनले जोखिम सडक पार गरिन् । हेटौंडा १ मा डेरा बसि कलेज पढ्ने उमेश चौलागाई केहि बेर बुद्धचोक सडकको छेउमा उभिएर बाटो काटे । उनले भने ‘केहि समय दाँयाबाँया नहेरि जेब्राक्रसिङमा नि हिड्यो भने सवारी साधनले हान्न बेर छैन,झन यो बुद्ध चोक र सिमा चोकको सडक पार गर्दा चार तिर आँखा घुमाउनु पर्छ।’

हेटौंडा अस्पताल तर्फ जान एक वृद्ध बुद्धचोक वारी सडक छेउको जेब्रा क्रसिङमा उभिरहेका थिए । कारण उनि सडक पार गर्न बाटोे काट्ने मानिसको पर्खाइमा थिए । खबरब्रेक संग कुरा गर्दै उनले भने ‘यो बाटो पार गर्न गार्हो छ एक्लै पार गर्न सक्दै सक्दिन गाडीले हान्देला कि जस्तै लाग्छ तेसैले भिडमा बाटो पार गर्न सहज लाग्छ,कम्तिमा मानिसहरुको हुल देखियसि परै बाट सवारीसाधानहरु विस्तारै आउँछन् ।

बाटो पार गर्न उनि जस्तै दर्जन मानिसहरु कुरिरहेका थिए । एकातिर सवारीसाधनहरु कुँदिरहेका थिए,एकातिर जामले सवारी साधनहरु रोकिएका थिए । ट्राफिक प्रहरी सिट्टि मार्दै सवारी साधनलाई व्यवस्थापन गर्न व्यस्त थिए । केही पैदल यात्रुहरु सडकको छेउमा उभियर सडकमा गुडिरहेका सवारीसाधनको चाप कम हुनेको पर्खामा थिए । पैदल यात्रहरुको चाप हेरेर सवारी साधनहरुले जेब्रा क्रसिङमा सवारी विस्तार वा नरोक्दा जिब्रा क्रसिङ नै जोखिम बनेको देख्न सकिन्छ ।आकाशे पुलले सडकमा हुने दुर्घटना न्युनिकरण गर्न सहयोग गर्दछ । आकाशे पुलले पैदल यात्रुहरु आफ्नो गन्त्वय तर्फ सजिलै समयमै पुग्न सक्छन् ।

केही वर्ष यता हेटौंडामा सवारी साधनहरुको चाप बढिरहेको छ । सडकमा विभिन्न साना,ठूला सवारी साधनहरु को चाप बढे संगै ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । हेटौंडाको विभिन्न स्थानहरु कान्तिराजपथ,बुद्धचोक,सिमाचोक,संगमचोक आदी स्थानमा अफिस समय संगै दिउँसो समेत प्राय जाम नै हुन्छन् ।

गएको फागुन १४ गते भएको हेटौंडा उपमहानगरपालिकाको छैठो नगरले पनि बजारमा बढेको सवारी चाप र पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको भन्दै त्यस समस्याको न्युनिकरणको लागि आकाशे पुलको निमार्णको योजना प्रस्तुत गरेको थियो ।

यसैगरि यस भन्दा अघि २०७५ असार १० गते भएको हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगर सभाले पनि वार्षिक बजेट तथा निति कार्यक्रममा शहरी पुर्वाधार विकास तथा भौतिक संरचना निमार्णको बुदाँमा आकाशे पुल निमार्णको लागि सम्भाब्यता अध्यन गर्ने बताईएको थियो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको यस समस्या तर्फ प्रदेश सरकारको समेत ज्यान जान आवश्यक देखिन्छ । हाल बढ्दै गरेको सवारी साधनको चाप तथा जनसंख्याले पैदल यात्रुहरुलाई मुख्य व्यस्त बजारमा सडक पार गर्न जेब्रा क्रसिङ मात्र पर्याप्त हुन सक्दैन । तेस कारण पनि पैदल यात्रुहरुको लागि सडक पार गर्नको लागि आकाशे पुलको आवश्यकता देखिन्छ । हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले विभिन्न पुर्वाधार विकासको कार्य गरिरहँदा आँखै अगाडि रहेको यस समस्या तर्फ पहिलो ध्यान जान आवश्कता देखिन्छ ।