गण्डकी समाज मकवानपुरको अध्यक्षमा ढकाल
गुगलपाटी संवाददातागण्डकी समाज मकवानपुरको भेला सम्पन्न भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट मकवानपुरका आई विभिन्न पेशा र व्यवसायमा रहेका गण्डकी प्रदेशबासीहरुको भेला सम्पन्न भएको हो ।
शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न उक्त भेलाले बुद्धि ढकालको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सचिवमा महेश सिग्देल, कोषाध्यक्षमा महेन्द्र राउत र सहसचिवमा गोपीराम बम्जारा हुनुहुन्छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः राजन थापा, सन्तोष पौडेल, रामनाथ बगाले, कृष्ण प्रसाद पोखरेल, नवराज पौडेल, राधा सापकोटा, सरस्वती रानाभाट, प्रेम अधिकारी, रामजी न्यौपाने, लेखनाथ अधिकारी, कमल पौडेल, लिना श्रेष्ठ, सरस्वती तिमल्सिना र निरा थापा क्षेत्री हुनुहुन्छ ।
साथै भेलाले बुघि ढकालको संयोजकत्वमा विधान मस्यौदा समिति राजन थापाको संयोजकत्वमा आर्थिक समिति गठन र राजमी न्यौपानेलाई संचार संयोजक तोकेको छ ।