हेटौंडा–१७ का स्थानीयद्वारा शिवमका गाडि संचालनमा रोक
गुगलपाटी संवाददाताहेटौंडा–१७का स्थानियले चुनडाँडामा शिवम् सिमेन्टका गाडी चल्नमा रोक लगाएका छन। हेटौंडा १७ का स्थानीयले आइतबार बिहानैदेखि शिवम्का सवारी चल्न रोक लगाएका हुन। शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका थिए।
उनीहरुले शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने समस्या भएको भन्दै स्थानीयले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिँदा पनि वेवास्ता गरेको भन्दै स्थानीयले आइतबार बिहानै देखि कान्तिलोकपथ सडक खण्ड हेटौडा १७ चुनडाँडामा शिवम् सिमेन्टका सवारी चल्नमा रोक लगाएको स्थानीय दामोदर दाहालले बताएका छन्।उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिका, शिवम् लगायत सरोकारवाला निकायमा जानकारी गराएका थिए। कान्तिलोकपथबाट शिवम् सम्म जाने सडक कच्ची हुँदा सो सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो कान्तिलोकपथसम्म आउँदै त्यस क्षेत्रमा दिनभर हिलाम्मे र धुलाम्मे हुने गरेको स्थानीयले बताएका छन्।
प्रहरी टोलि उक्त बन्द गरिएको स्थानमा रहेको सम्बन्धित निकायकसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।स्थानियले शिवम् सिमेन्टका सवारी चल्नमा रोक लगाएसंगै शिवम् सिमेन्टमा चल्ने सवारी बिच बाटोमै रोकिएका छन्।