दादुरा रुबेला खोप अभियान हेटौंडामा

गुगलपाटी संवाददाता
३ चैत्र २०७६ ०९:०४

राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–७ मा ७६ बर्षीय वृद्धको नेतृत्वमा आजबाट तिन दिन सम्म घरदैला कार्यक्रमको सुरुवात गरिएको छ ।
७ नम्बर वडाध्यक्ष सहित, वडासदस्य,नागस्वती शहरी केन्द्रका पदाधिकारी,पत्रकार,राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, वडा कार्यालयका कर्मचारी लगायतको सहभागितामा घरदैलो कार्यक्रम गरिएको थियो ।
सोमबारबाट नागस्वती शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष तथा हेटौँडा ७का वडाध्यक्ष राजन थाप र ७६ बर्षीय वृद्ध मिठ्ठाराम कार्कीको नेतृत्वमा घरदैलो अभियान सञ्चालन गरीएको हेटौँडा ७का वडाध्यक्ष राजन थापाले बताएका छन । दादुरा–रुबेला खोप अभियान अन्र्तगत वडाध्यक्ष थापाको संयोजकत्वमा १० सदस्य समिति समेत घरदैलो गरिएको र सोमबारबाट लगातार तिन दिन सम्म घरदैले कार्यक्रम गरिने समितिका सदस्य रेखा मैनालीले बताइन ।
अभियान अन्र्तगत सोमबार न्युरेनी, चिसापानी लगायतको स्थानमा घरदैलो संचालन गरिएको र भोलि नागस्वतीमा घरदैलो गरिने मैनालीले बताइन । ३ सय १० बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने र चैत ११ गतेबाट ७ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि दादुरा रुबेलाको खोप लगाउने तयारी भएको छ । चैत ११ गते ७ नम्बर वडाको न्युरेनी चिसापानी सामुदायीक वनको भवनमा खोप केन्द्र रहने त्यसैगरी १२ गते बनदेवी दुग्द उत्पादन संस्थामा खोप केन्द्र रहने र खोप लगाउने छुटेकाहरुलाई सहितलाई १३ गते नागस्वती शहरी स्वास्थ्य केन्द्रका नै खोप लगाउने व्यवस्था मिलाइएको नागस्वती शहरी स्वास्थ्य केन्द्रकी सदस्य रेखा मैनालीले बताइन । दादुरा–रुबेला अभियानको दोस्रो चरण अन्तर्गत हेटौँडा नगर भित्र चैत ११ गतेबाट खोप संचालनमा आउने छ । यता विश्वभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि पनि वडामा समिति गठन गरी जनचेतनामुलक कार्यक्रम गरिने जनाइएको छ ।