सभामुखले भने : एमसिसी छलफलमै छ, पहिले दलहरूले सहमति जुटाऊन्

गुगलपाटी संवाददाता
३ चैत्र २०७६ ११:५०

काठमाडौँः सभामुख अग्‍निप्रसाद सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन  (एमसिसी) छलफलका क्रममा रहेको बताएका छन्। सिंदरबारमा मंगलबार पत्रकारसँगको अनौपचारिक भेटघाटका क्रममा एमसिसीबारे पार्टीभित्र छलफल चलिरहेको सापकोटाले बताएका हुन्। ‘एमसिसीबारे अहिले पार्टीभित्र छलफल चलिरहेको छु, उनले भने, ुसबै दलहरुको सहमतिपछि मात्रै सभामुखको जिम्मेवारीमा आउँछ।’ सभामुख सापकोटाले कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि एमसीसीको बिषयको बहस नरोकिएको बताए। दलहरुभित्र पनि यस बिषयमा छलफल भइरहेकाले पारित गर्ने अवस्था आएको खण्डमा एमसिसी संसदबाट पारित हुने बताए। एमसिसीको बिषयमा दलहरुबीच सहमति भएपछि मात्रै सभामुखले सहजीकरण गर्ने जिकिर गरे। विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्‍नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने सो रकम स्वीकार गर्ने वा नगर्ने बिषयमा चर्को विवाद भइरहेको छ। नेकपाभित्रको विवाद एमसिसीको बिषयमा सत्ताधारी दल नेकपामा चर्को विवाद भइरहेको छ। नेकपाले एमसिसी सहयोग लिनेऔनलिनेबारे अध्ययन कार्यदलसमेत गठन गरेको थियो। अध्ययन कार्यदलले एमसिसीबारे प्रतिवेदन समेत बुझाइसकेको छ। कार्यदलले एमसिसीको संशोधन परिमार्जन नगरि पास गर्न नहुने धारणा राखेको थियो। अहिले प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि पार्टीभित्रको विवादित बिषय केही सुस्ताएको जस्तो देखिएको छ। एमसिसी अध्ययन कार्यदलमा बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वयमा स्थायी कमिटी सदस्यद्धय प्रदिप ज्ञवाली र भीम रावल रहेका थिए। तीन जनाको कार्यदलनमा ज्ञवालीबाहेक दुई जना एमसिसीको विपक्षीमा थिए। नेकपाको स्थायी र केन्द्रीय कमिटीको बैठकमा चर्को विवाद भएको अध्ययन कार्यदल निर्माण गरेको थियो। प्रधानमन्त्री ओली एमसिसीको सम्झौता संशोधन नगरिकन सिधै पास गर्न चाहान्थ्ये। तर, केन्द्रीय कमिटीको बैठकमा चर्को विरोध भएपछि एमसिसी संशोधन कार्यदल निर्माण गरिएको थियो।
स्रोतः थाहाखबर