भीमफेदी कारागारमा मास्क उत्पादन
गुगलपाटी संवाददातामकवानपुरको भीमफेदी गाउँपालिकास्थित रहेको क्षेत्रिय कारागारका कैदीबन्दीहरुले मास्क उत्पादन गर्न थालेको छ ।
विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस संक्रमणबाट बच्नको लागि भीमफेदी कारागारका कैदीहरुले मास्क उत्पादन गर्न थालेको हो ।
उक्त कारागारबाट दैनिक दुई सयदेखि तीन सय वटा मास्क उत्पादन हुने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताउनुभयो ।
बजारमा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बिक्री हुने मास्क कारागारले २० रुपैयाँमा बिक्री गर्ने खनालले बताउनुभयो । उहाँका अनुसार, कारागारमा हाल मास्कको उत्पादन क्षमता रहेपनि बजार नपाएको अवस्था छ ।
हाल उक्त भाइरसको उच्च जोखिम कारागार पनि हुन सक्नेलाई ध्यानमा राखि उच्च सतर्कता अपनाएको बताउँदै अहिले कारागारमा स्वास्थ्यकर्मीको अति आवश्यक रहेकोले सम्बन्धित निकायको ध्यान केन्द्रित गरि दिन पनि आग्रह गरेको छ । कारागारमा दरबन्दीमा रहेको स्वास्थ्यकर्मीको पद बिगत एक वर्षदेखि रिक्त रहेको छ ।