यौनकर्मी केटीको कुटाईबाट राजेन्द्र महतो घाईते
गुगलपाटी संवाददातासिरहाको लहानमा दिउँसै व्यस्त बजारको एक लजबाट निस्किएकी दूई यौनकर्मीसँग एक पत्रकारलाई भेट हुन्छ । पत्रकारले सोधे ‘किन यस्तो हतास भएर निस्किनुभयो ।’ ‘तिमीहरु के काम गर्छौ ।’ त्यतिकैमा तीन जना युवा आएर पत्रकार राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहाँ मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहाँबाट टाप हाने । यो घटना लहान ३ स्थित भगवती लज अगाडि सोमबार दिउंसो ४ बजेतिरको हो । पत्रकार राजेन्द्र महतोको आँखाको निधार र छातीमा गम्भीर चोट लागेको छ ।
पत्रकार महतोले प्रहरीलाई जानकारी दिँदा भाग्दै गरेको दलालमध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नाइके फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने भारत विहारको लौकहा बस्ने बब्लु ठाकुर र मो।जफुल राईन रहेका छन् । घटना ईलाका प्रहरी कार्यालयदेखि सय मिटर पूर्वको हो । जहाँ लजहरुमा दिउँसै यौनधन्दा चल्ने गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेशचन्द ठकुरीले यो घटना लगतै यौनधन्दा भइरहेका क्षेत्रमा चेकजांच गर्न निर्देशन दिएका छन् । पक्राउ परेका दुवैमाथि सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । पत्रकारमाथि भएको घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले भत्र्सना गर्दै अपराधीलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ ।
कोठा भाडा लिएर यौन धन्दा
विगतमा प्रहरीले लज र रेष्टुरेन्टमा चेकजाँच बढाएपछि यौनकर्मीहरु तत्काल विस्थापित भएका थिए । केही समय उनीहरु कोठा भाडा लिएर यौन धन्दा सञ्चालन गर्दै आएको विशेष स्रोतको दावी छ । यस्ता यौनकर्मीहरु लहानभित्र दुई दर्जन बढी रहेका छन् । यस्ता महिला पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय गोपाल गुप्ता बताउँछन् ।
यौनकर्मीहरु होटल, लज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएका छन् । अस्पताल चोकको केही लजमा दिउँसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुँदै आएको छ ।
जनता समाचारबाट