प्रचण्डलाई जुत्ता हान्ने युवक ५ सय धरौटीमा रिहा
गुगलपाटी संवाददाताकाठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी जुत्ता हानेपछि पक्राउ परेका रतन तिरुवा ५ सय रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएको हो। रिहापछि पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आफन्त जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन्। गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो। भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रचण्डलाई लक्षित गरी तिरुवाले जुत्ता हानेका थिए। उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो। सुरक्षाकर्मीले जुत्ता प्रहार गर्ने तिरुवालाई पक्राउ गरेका थिए।
स्रोतः थाहाखबर