कामना सेवा विकास बैंकले ग¥यो खाद्यान्न सहयोग

गुगलपाटी संवाददाता
२४ चैत्र २०७६ ०९:१८

हेटौंडाः कामना सेवा विकास बैंक, हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका वडा नम्बर २ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुर द्वारा सन्चालित बाल गृह हाम्रो घरलाइ खाद्यान्न सहित ह्याण्डवास लगायत सामाग्री सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बालगृह हाम्रो घर पुगेर हप्ता दस दिनलाई पुग्ने खाद्य सामाग्री सहयोग गरेको हो ।
हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक निश्चल मानन्धरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत खाद्यान्न सामाग्रीहरु वितरण गरेको बताए । देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै मानन्धरले यहांँ रहेका बेसहारा बालबालिकालाई राहत पुगोस भन्ने हेतुले सामाग्री सहयोग गरिएको बताए । बिगत पांँचबर्ष देखि सञ्चालनमा आएको उक्त बालगृह हाम्रो घरमा बेसाहारा, सहयोगापेक्षी गरी ३० जना आश्रित छन ।
सो क्रममा प्रतिक्रिया दिदै बाल गृहकि ब्यावस्थापक अस्मिता न्यौपानेले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैंकले गरेको सहयोगले केही राहत मिलेको बताउनु भयो । लकडाउन अघि अन्य दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आए पनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उहाको भनाई छ ।