नेकपा राक्सिराङले गर्यो २ लाख बराबरको खाद्यान्न सहयोग
गुगलपाटी संवाददातानेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँ कमिटि मकवानपुरले राक्सिराङ गाउँपालिकालाई २ लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले २ सातादेखि लकडाउन गरेयता चेपाङ बाहुल्य रहेको राक्सिराङका जनताले खाद्यान्नको अभाव ब्यहोर्न थालेपछि नेकपाले सहयोग गरेको नेकपा राक्सिराङका इन्चार्ज बनस्थम थिङले बताए ।
इन्चार्ज थिङ सहितको नेकपा टोलीले गाउँपालिकाको कार्यालयमा पुगेर प्रकोप ब्यवस्थापन समितिको बैठकमा सहयोग हस्तान्तरण गरेको थियो । नेकपाले चामल १ सय ३८ बोरा, तेल १२ काटुन र आयोडिन नुन १० बोरा सहयोग गरेको इन्चार्ज थिङले बताए । ‘यो बिपद्को समयमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,हामी अरुलाई पनि ओ अभियानमा जोडिन अनुरोध गर्छौ’, उनले भने ।
सहयोग हस्तान्तरण गर्न नेकपा मकवानपुरका नेता तथा प्रदशसभा सदस्य ओम बहादुर ग्लान, नेताहरु गोबिन्दराम चेपाङ,राजाराम स्याङ्तान,सुन्तली चेपाङ्ग, गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तान, गाउँपालिका नेता बाबुलाल स्याङतान, सन्जय कोईराला,चन्द्र सिंह प्रजा लगाएतको उपस्थिती रहेको थियो ।