सडक फराकिलो बनाउने कामले तीव्रता पाउदै

गुगलपाटी संवाददाता
२६ चैत्र २०७६ १२:०३

कुलेखानी–काठमाडौं सडक खण्ड अन्र्तगत भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने कामले तीव्रता पाउने भएको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने कामलाई नेपाल सरकारले मुलुक भर गरेको लकडाउनका कारण बन्द थियो ।
बागमती प्रदेशको राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक खण्डको स्तरोन्नती गर्ने काम समयमै सकाउने लक्ष्यका साथ सुरक्षीत भएरकाम सुचारु गर्ने निर्णय बागमती प्रदेश सरकारले लिएको भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयालले वताए । उनले कोरोना भाइरसको त्रासलाई याद गर्दै पञ्जा र माक्स अनिवार्य रुपमा लगाउन समेत निर्देशन दिएका छन् ।
बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले दुई खण्ड गरेर ३२ करोड बजेट छुट्याएर माघ महिना देखि काम सुरु गरेको थियो । सडक फराकिलो बनाउने काम भीमफेदी देउराली सम्म एक खण्ड ८ किलोमिटर १७ करोड लागतमा फराकिलो भइरहेको छ भने देउराली देखि कुलेखानी सम्म७.५ किलोमिटर १५ करोड लागतमा बाटोलाई फराकिलो बन्ने र अहिले करिब ४ मिटर मात्रै चौडाईमा सडक अब ५.५ मिटर बनाउने र नाली थप्ने र २०७७ फागुन सम्म कालो पत्रे गरेर काम सम्पन्न गन भौतिक पुर्वाधार मन्त्रालयका सडक विभागका निर्देशक डा.सहदेव भण्डारीले वताए ।
मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा पर्ने उक्त सडक खण्डमा स्थानीय तहहरुले पनि सडक फराकिलो बनाउन साथ दिइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
देशमा लकडाउनको कष्टलाई अवसरमा लिएर बाग्मती प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले भीमफेदी –कुलेखानीको सडक खण्ड फराकिलो बनाउने कामलाई तिव्रता दिइरहेको छ । लकडाउनमा सवारी साधनहरु नचल्ने भएर सडक धमाधम फराकिलो बनाईरहेको हो ।