सामसुङ मोबाईलको १३ औं सर्भिस सेन्टर हेटौंडामा
गुगलपाटी संवाददाता मकवानपुर, जेठ ३
विश्व प्रसिद्ध कोरियन ब्रान्ड सामसुङ मोबाईलको कस्टोमर सर्भिस सेन्टर(ग्राहक मर्मत केन्द्र) बिहीबारबाट हेटौंडामा सञ्चालनमा आएको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक मिस्टर वानले सेन्टरको उद्घाटन गरेका हुन् ।
१३ औं सर्भिस सेन्टरको रुपमा हेटौंडामा सञ्चालनमा ल्याईएको सेन्टरबाट तेश्रो लेभलसम्मको सेवा दिईने आईएमएस केयरका सेवा ब्यवस्थापक कुनाल गुरुङले बताए । प्रदेशको राजधानी भएकोले हेटौंडामा सेन्टर खोलेर धेरै ग्राहकलाई ओरिजिनल उपकरणसहित मर्मत सेवा पु¥याउने उदेश्य राखिएको उनले बताए ।
धनगढी र दमौलीमा पनि चाडैं सर्भिस सेन्टर सञ्चालन गरि ग्राहकलाई सेवा दिईने उनले बताए ।हेटौंडामा धेरै ब्राण्डको मोबाईल बिक्री हुने भएपनि सामसुङ मोवाईलको मात्र सर्भिस सेन्टर सञ्चालनमा आएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता आर एम ईन्टरप्राइजेजका सञ्चालक रोहिणीप्रसाद गौतमले बताए । हेटौडाको नारायणी मलमा सञ्चालनमा ल्याईएको सेन्टरबाट सामसुङका सबै ग्राहक लाभान्वित हुने गौतमले बताए । यसअघि सामसुङ मोबाईल सर्भिसका लागि काठमाडौं पठाउनुपर्ने भएपनि अब भने समय र खर्चको समेत बचत भएको उनको भनाई छ ।
कार्यक्रममा आईएमएसका प्रमुख विकास गाडिया, सामसुङ ईलेक्ट्रोनिक्स नेपालका ब्यवस्थापक राजन भट्टराई, आईएमएसका बिक्री प्रतिनिधि राजकुमार घिमिरे, मोवाइल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष एसिस रिजाल लगायतले सेन्टरबाट सामसुङका ग्राहक लाभान्वित हुने र कम्पनीलाई पनि प्रत्यक्ष सुझाव पाउने भएकाले बहुफाईदाजनक रहेको बताए ।हेटौंडासहित काठमाडौं, नारायणगढ, नेपालगञ्ज, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, कमलादी, जावलाखेल, विर्तामोड, ईटहरी, दाङमा सामसुङको सर्भिस सेन्टर रहेका छन् ।