प्रदेश तीनको बजेटमा यस्ता विषय छन् प्राथमिकतामा
गुगलपाटी संवाददाता हेटौंडा, ३ जेठप्रदेशसभा तीनमा आगामी आर्थिक वर्ष २०७५/७६ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि छलफल सुरु भएको हो ।
मन्त्री ढुंगेलले प्रस्तुत गर्नुभएकोे आगामी वर्षको बजेटमा पहिलो प्रदेशसभा र सरकार भएको कारणले बजेट निर्माण तथा कार्यान्वयन चुनौतीपूर्ण उल्लेख छ । उनले प्रस्तुत गरेको पूर्व बजेटको प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषय उच्च प्राथमिकतामा रहेको छ ।
अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको उनले बताए ।
बिहीबारको बैठकमा २७ जना प्रदेशसभा सदस्यले मन्त्री ढुङ्गेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामाथि बोलेका थिए । भोली ११ बजे पुनः बैठक बस्नेगरी सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका छन् ।