चुरियामाईमा ६४ घर परिवारलाई खाद्यान्न सहयोग

गुगलपाटी संवाददाता
२९ चैत्र २०७६ ०७:१२

हेटौंडा १५ चुरियामाईमा शुक्रबार ६४ घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसले गर्दा सरकारले लगाएको लकडाउनले दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

हेटौंडा १५ निवासी युवा व्यावसायी तथा समाजसेवी दीपेश थिङले आफ्नै खर्चमा ६४ घरपरिवारलाई दैनिक उपभोग्य सामान खाद्यान्न सहयोग गरेका हुन्, । थिङ भन्छन्, देशमा महामारीले गर्दा दैनिक ज्यालादारी गरि खाने मदजुरहरु यतिखेर लकडाउनले धेरै नै समस्या भएको र खाद्यान्न अभाव भएको महशुस गरि आफ्नै खर्चमा ६४ घरपरिवार जो अतिनै विपन्न परिवार छन् उनीहरुलाई खाद्यान्न सहयोग गरेको बताए ।

हेटौंडा १५ चुरियामाईको घट्टेदमार, सल्लाघारी, कमेरोपानीका ६४ घरधुरिलाई आफुले सहयोग गरेको बताएका छन्, । तामाङ समुदायको बढी बसोबास भएको जुन स्थान छ जहाँ दैनिक ज्यालादारी गरि आफ्नो जीवनयापन चलाइरहेका थिए उनीहरुलाई यो लकडाउनले खाद्यान्न अभाव मात्र नभई आर्थिक संकट पनि भएकोले आफुले सकेको सहयोग गरेको थिङ बताउछन्, ।

डि. एल.एम. इ. कन्स्ट्रक्सनको सञ्चालक गर्दै आएका थिङले वडा नम्बर १५ को कार्यालय संग समन्वय गरेर खाद्यान्न वितरण गरिएको थियो । वडा अध्यक्ष महारत्न लामा कार्यापालिका सदस्य पातली माया गोङ्बा, वडा सदस्य मिनु विक टोल विकास समन्वय समितिका अध्यक्ष सिंह बहादुर विक, प्रगति टोल विकास संस्थाका अध्यक्ष कर्ण बहादुर स्याङ्तान ज्ञान ज्योति आधारभुत विद्यालय अध्यक्ष डम्वर बहादुर मोक्तान शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, बुद्ध दर्शन टोल विकास संस्थाका अध्यक्ष सिताराम पाख्रिनहरुको उपस्थितीमा खाद्यान्न वितरण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व पनि रहेको यस्तो महामारीमा आफ्नो हेतुले जती सकिन्छ सहयोग गरि विपन्न परिवारलाई सहयोग गर्न थिङले आग्रह गरे । आफु सहयोगी भावना रहेकोले केहि परिवारलाई सहयोग गर्न पाउँदा धेरै आत्म सन्तुष्टि भएको बताए । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का हेटौंडा १५ कमिटिका वडा अध्यक्ष रहेका थिङ आफुले सहयोग गर्दा कुनै दल÷पार्टी नभनी सबै विपन्न परिवारलाई सहयोग प्रदान गरेको बताए । स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष समेत रहेका थिङ एक जुजारु युवा पंक्तीका व्यक्तीरुपमा रहेका छन्, ।