सभापति श्रेष्ठद्धारा १२ सय थान मास्क सहयोग

गुगलपाटी संवाददाता
७ बैशाख २०७७ ०९:०१

हेटौंडा : नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको राष्ट्रिय महिला उद्यमी सिप विकास समितिकी सभापति मेनका श्रेष्ठद्धारा हेटौंडा उपमहानगरपालिका र सामाजिक संस्थाहरुलाई १२ सय थान मास्क सहयोग गरेकी छिन् ।
श्रेष्ठले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै हेटौंडा उपमहानगरपालिकालाई ७ सय थान मास्क र लायन्स क्लबलाई ४ सय थान र जनजाग्रती बहुउद्देश्ययी सहकारी संस्थालाई १ सय थान मास्क सहयोग गरेकी हुन् । यस्तै उनले प्रोटेक्सन क्याप पनि हेटौंडा उपमहानगरलाई ३१ वटा सहयोग गरेकी छिन् । उनले यस अघि पनि विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आएकी छिन् । उनले आफैंले हेटौंडामा टेलर्स सञ्चालन गरेर मास्क उत्पादन गर्दै आएकी छिन् ।