हेटौंडामा पैदल यात्रुहरु रोकिएनन
गुगलपाटी संवाददाताहेटौंडा : लकडाउनकै कारण आफ्नो दैनिक रोजगार गुमाए संगै दैनिक गुजार चलाउन समस्या भएकै कारण विराटनगर घर फर्कन हिडेर हेटौंडा आईपुगेका गोरखा डेरा बस्ने अजय चौधरी बताउँछन् । उनि भन्छन् ‘सरकारले कोरोनाको डर त देख्योे तर हामी जस्तो मजदुरी गरि परिवार चलाउनेको भाकै मर्नी होकी भन्ने डर देखेन तेसैले ४ दिन देखि हिडिरहेका छौँ,अब केहि दिनमा घर पुग्छौ । ’ यस्तै चितवन बस्ने रविन्द्र यादव पनि परिवार सहित घर फर्कन हिडेर हेटौंडा आईपुगेका छन् । विरगन्ज घर बताउने उनि लकडाउनले दैनिक छाक टार्न समस्या देखिए संगै घर हिडेको बताउँछन् ।
चौधरी र यादव जस्तै दैनिक सयौ मानिसहरु मकवानपुरमा पर्ने पूर्व पश्चिम राजमार्ग,काठमाडौं–भीमफेदी–हेटौंडा,त्रीभुवन राजपथ,मदन भण्डारी लोकमार्ग हुँदै आफ्नो घर र्फकिरहेका देख्छौ । मकवानपुरका केहि स्थानिय तहहरुले आफ्नो स्थानिय तहमा पैदलयात्रा मार्फत आईपुगेका मानिसहरुलाई खाना खुवाएर बास दिएर जिल्लाको सिमना सम्म पुर्याएका समेत छन् । यो संक्रमणको जोखिमको समयमा प्रदेश तथा स्थानिय तहहरुले आफ्नो तह स्तरमै समस्याको समाधान गर्न पर्ने देखिन्छ । लकडाउनको प्रभावकारी पालना गरेर कोरोना संक्रमणबाट जागिनु पर्दछ । विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन सरकारले गरेको लकडाउन आज २९ औं दिन पुगेको छ । देशका सम्पूर्ण यातायात, हवाई मार्ग, शैक्षिक संस्था तथा सरकारी सेवाहरु हाल बन्द रहेका छन् । सरकारले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । लकडाउनले सबैभन्दा बढी मर्का आफ्नो घर,परिवार बाट टाढा रहेर मजदुरी गर्नेहरुमा परेको छ ।सरकारले आकस्मिक घेषणा गरेको लकडाउनले मजदुरहरु मर्कामा परेका हुन् । सरकारले गएको चैत ११ देखि चैत १८ गते सम्मको लकडाउनलाई लगातार बढाउँदै बैशाख १५ सम्म पुर्याए संगै मानिसहरु आफ्नो घर फर्कन बाध्य भएका हुन् । लकडाउनले सवारी साधन नचल्दा उनिहरु पैदल भएर गन्तव्य स्थल सम्म पुगेका छन् ।
हेटौंडामा पैदलयात्रुहरुलाई सहयोगः
लकडाउनले समस्यामा परेर घर फर्कने पैदलयात्रुहरुलाई हेटौंडाका विभिन्न सामाजिक संघसंस्थाहरुले खाना,खाजापानी दिएर मानवियतामा हुनुपर्ने गुण देखाएका छन् । दिनहुँ हिडेर घर र्फकन हेटौंडा आईपुगेका मानिसहरुलाई यँहा मकवानपुरमा रहेको सहयोगि मन नेपाल तथा श्री कृष्ण प्रणामी समाज मकवानपुर जस्ता सामाजिक संस्थाहरुले सडकमै खाना,खाजा पानी खाने व्यवस्था मिलाईरहेका छन् । घर र्फकन हिडेका पैदलयात्रुहरुले यो समयमा खाजापानी ठूलो राहत महसुस भएको समेत बताएका छन् ।