सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या
गुगलपाटी संवाददातासिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या
हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट लोड गर्न आउने गाडिको चापका कारण स्थानीयलाई समस्या भएको छ ।
उद्योगमा विभिन्न ट्रान्सपोर्टका ट्रक सिमेन्ट लोड गर्न आएर रोकिंदा त्यस क्षेत्रमा ट्रकको संख्या बढेर समस्या परेको हो । ‘बाटोभरी जताततै ट्रक रोकिएको छ, कहाँबाट आउँछन् कहाँ जान्छन्, कुनै परिक्षण छैन ।’–एक स्थानीयले भने–‘यसले गर्दा कोरोना संक्रमणको जोखिम हटियामा बढेको छ यसबारे कसले हेर्ने रु’ उनले समय निर्धारण गरेर सवारीलाई बजारका विभिन्न स्थानमा रोकेर पठाउँदा उद्योगमा गाडिको चाप कम हुने बताए ।
‘एक घण्टामा कतिवटा गाडि लोड हुन्छ त्यति नै संख्याको हाराहारीमा गाडि आउने र जाने व्यवस्था गर्नुपर्यो ।’–अर्का स्थानीयले भने–‘कहिले पालो आउने ठेगान छैन कुरेर बस्ने, चालक सहचालकले जताततै हिडडुल गर्ने, गाडि रोकेर बाटो नै अस्तव्यस्त बनाउने गर्नु भएन ।’ जिल्ला प्रशासन, प्रहरी र ठूला व्यवसायीहरुको मात्रै कुरा सुनुवाई हुँदा स्थानीयको स्वास्थ्यमा खेलवाड भईरहेको स्थानीयले बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अनावश्यक चहलपहललाई रोक्न उद्योगलाई अवगत गराउने बताए । आफ्नो उद्योगभित्र अट्ने सवारी प्रवेश गराउने, बाहिर भिड नगर्ने र यातायातका कर्मचारीलाई पनि उद्योगभित्र राख्ने वातावरण बताउन उद्योगलाई निर्देशन दिने उनले बताए ।