लकडाउनमा यस्तो जाम

गुगलपाटी संवाददाता
२८ बैशाख २०७७ ०६:२९

 काठमाडौँ — चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि टाइम कार्डु लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन ।
टाइम कार्डुको नियमअनुसार सरकारी कर्मचारीहरुलाई बिहान र बेलुकाको समय तय गरिएको छ ।