हेटौंडामा लकडाउन खुकुलो
गुगलपाटी संवाददाताबागमती प्रदेशको राजधानी हेटौँडामा लकडाउन अत्यन्तै खुुकुलो देखिएको छ । दिनानुदिन कोरोना संक्रमण बढदै गएको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा बनाउन, अनुगमन गर्न कुनै पहल गरेको पाईएको छैन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्माण गरेको कमाण्ड पोष्टले लकडाउनको समयमा अनुगमन गर्नुको सट्टा प्रत्येक बैठकमा ब्यवसाय खोल्ने सूचनामात्र जारी गर्न थालेपछि हेटौँडामा भिड बढेको हो ।
भीड बढ्न थालेपछि मकवानुरमा अन्य जिल्लाबाट कामदार भित्रन थालेका छन भने सबै प्रकारका ब्यवसायहरु सञ्चालन सुरु हुन लागेका छन् । बजार क्षेत्रका धेरै होटलहरु समेत बिहान मान्छे जम्मा गरे, चिया नास्ता बेच्न ब्यवस्त बन्दा केहि कपडा पसल, मोवाईल पसल सहितका धेरै पसलहरु कोरोनाको वास्ता नगरि सञ्चालनमा आएका छन् । तर अनुगमनको जिम्मा पाएको प्रशासन भने बेपत्ता भएको छ ।
मकवानपुरसँग नजिक रहेको तथा सिमा जोडिएको जिल्लाहरुमा कोरोना सक्रमणको दर बढेको भएपनि उक्त क्षेत्रबाट निर्वाद रुपमा मानिसहरु र सबारीसाधन हेटौँडा आउने गरेको भन्दै सर्वसाधरणले चिन्ता समेत ब्यक्त गरेका छन् ।