त्रिवि शिक्षण अस्पतालका ३८ जना स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

गुगलपाटी संवाददाता
१ जेष्ठ २०७७ ०७:१३

काठमाडौं :  त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्‍न चिकित्सक र नर्ससहित ३८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा उपचाररत कविलवस्तुककी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्‍वारेन्टाइनमा पठाइएको हो। उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्‍वारेन्टाइनमा राखिएको छ। यस्तै न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।