कपिलवस्तुमा तीनजनालाई कोरोना, संक्रमितको संख्या २७६
गुगलपाटी संवाददाताकाठमाडौं – कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यसअघि शनिबारै बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।