अर्घाखाँचीका सीमा नाका सिल

गुगलपाटी संवाददाता
६ जेष्ठ २०७७ ०८:५१

छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढे्दै गएपछि अर्घाखाँची उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ । जिल्ला सुरक्षा समिति बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था नभएसम्म बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । बैठकले तरकारी,दूध, किराना,मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्णय गरेको छ ।
स्रोतः अन्नपुर्णपोस्ट