मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना
गुगलपाटी संवाददातामौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको देखिएको महाशाखाले जनाएको छ ।
जेठ १४ गते (बुधबार)
दिउँसोः देशको पूर्वी भूभाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू –भागहरुमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।