सरकारको निशानामा पर्यो म्यानपावर कम्पनी
गुगलपाटी संवाददाता काठमाडौंमलेसिया जाने कामदार ठग्ने भीएलएन, वान स्टेप सेन्ट, वाई स्पेश म्यान पावर तथा हार्बेस्ट मुन टाभ«लका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको अभियोगमा पक्राउ गरिएको हो । बुधबार मात्रै श्रम तथा रोजगार सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारमाथि अवैधानिकरुपमा विभिन्न संस्था खडा गरी रकम असुल्नेहरुलाई गृहमन्त्रालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत निगरानीमा राख्न परिपत्र गरेका थिए ।
राम श्रेष्ठले २०७० कात्तिकदेखि ७ सय रुपैयाँमा हुने मलेसिया जाने कामदारको भिसा स्ट्याम्पिङका लागि भीएलएन नामक संस्था खडा गरी ३२ सय रुपैयाँ असुल्दै आएका थिए ।
२०७३ असोजबाट फेरि वान स्टेप सेन्टरका नाममा महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पु¥याउने कामका लागि २८ सय रुपैयाँ थाप आर्थिक भार पु¥याउँदै आएका थिए ।
गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरी प्रधान कार्यालयका डीआईजी धीरु बस्न्यातको नेृतत्वमा महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिषर मातहतको टोलीले मलेसिया जाने कामदारमाथि भएको शोषणबारे अनुसन्धान थालेको थियो ।