आज संसदमा वार्षिक बजेट प्रस्तुत हुदै
गुगलपाटी संवाददाताआगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट आज सार्वजनिक हुँदैछ । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । राजश्व र आयको विवरण बजेट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
कोरोना भाइरसको महामारीका कारण मुलुकनै लकडाउनको अवस्थामा रहेकै बेला बजेट आउन लागेको हो । आगामी आर्थिक बर्षको बजेटमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने र यसका लागि स्वास्थ्य संस्थाको स्थापना एवं स्तरोन्नती, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र स्वास्थ्य सेवाको पुनसंरचनालाई बजेटले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।
सरकारले यसअघी संसदमा पेश गरेको निति तथा कार्यक्रमका आधारमा यसपटकको बजेटले कृषि तथा ओद्योगिक उत्पादनमा बजेटले जोड दिने र नेपालको अर्थतन्त्रलाइ उत्पादनशील र सुदृढ बनाउने निति अघि सार्ने अनुमान छ । कृषि उत्पादकत्वमा वृद्धि र कृषिको आधुनिकिकरणका लागि कृषिमा लगानी बढाउने कार्यक्रम पनि बजेटले समेट्ने विश्वास गरिएको छ । सरकारले आन्तरिक रोजगारी सृजनाका लागि सहुलियत ऋणको व्यवस्था गर्ने र व्यावसायिक कृषिका साथै निर्माण र उद्योग जस्ता क्षेत्रमा बजेटले जोड दिने अपेक्षा पनि गरिएको छ ।