ए सरकार लकडाउन कहिले खुल्छ ?
असरफ अलि हेटौंडाः कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै क्षति पु¥याएको छ । महामारीको त्रासले विश्व नै ग्रसित रहेका छन् । तर पनि हाम्रो देश नेपालमा सरकारको चाला देख्दा दिक्क लागिसक्यो । हाम्रो देश नेपाल सरकारले कोरोना भाइरसलाई रोकथाम नभएर यसलाई अझै फैलाउने काम गरिरहेको छ , जस्तो लाग्छ ।
यस महामारीलाई रोक्नका लागि सरकारले गरेका कुनै पनि व्यवस्था पूर्णरुपमा सक्षम देखिदैन । देशमा कोरोना जाँच गर्नका लागि किटको अभाव छ । कोरोना बिरामीहरुको लागि स्वस्थ तथा पोषिलो खानाको राम्रो व्यवस्था भएको छैन । यति मात्र नभएर पर्सा जिल्लाको नारायणी अस्पतालमा रहेका कोरोना बिरामीका छुट्टै गुनासोहरु छन् । यो सरकारको असफल नतिजाहरु हुन् । कोरोना महामारीले निम्त्याएका समस्या एकपछि अर्को गरि विकराल बन्द गएकाले अब प्रकृतिमा, लकडाउनमा केही हेरफेर र परिमार्जन जरुरी हुन गएको छ । त्यसो त महामारीको प्रकृति र त्यसबाट सिर्जित समस्या पनि दिर्घकालिन देखिएकाले तत्काल रोकथामको उपाय लकडाउनले यो महामारीलाई पुर्णरुपमा रोक्ने वा अन्त्य गर्ने पनि देखिदैन । अब नेपाल सरकारले लकडाउनमा केही खुकुलो गर्नुपर्ने अवस्था छ ।
गरिब जनताहरु भोकभाकै मरिरहेका छन् । खानको लागि गाँस छैन, बस्नका लागि बास छैन । यो अवस्था सिर्जना भएको छ । अब सरकारले लकडाउनमा केही खुकुलो गरि जनजीवनलाई अगाडी बढाउने प्रयास गर्नुपर्छ । देशको आर्थिक अवस्थालाई पहिलेको जस्तै बढाउन लकडाउन खुकुलो बनाउनु आवश्यक छ । अमेरिका, इटली, भारत जस्ता ठुला तथा घना आवादी भएका राष्ट्रहरु जहाँ यो महामारीले सबै भन्दा बढी क्षति पु¥याएको छ । त्यहाँ लकडाउनलाई खुकुलो बनाइएको छ । हाम्रो देशमा पनि सामाजिक दुरि कायम गरि अपनाउनु पर्ने सम्पुर्ण सावधानीहरुको अवलम्वन गरेर कोरोना महामारीको अन्त्य गर्न सकिन्छ ।
तर लकडाउन बढाउदै जानी हो भने जनता कोरोना भाइरसले नभई भोकमरीले मर्नुपर्ने अवस्था सिर्जना हुन्छ । देशमा रहेका ठुला कलकारखाना तथा उद्योगहरुलाई सावधानी निरनतर रुपमा पालना गरि सञ्चालनमा ल्याउन सकिनुपर्छ ।
अन्ततः देश र जनताको हितको लागि लकडाउन खुकुलो पारियोस धज्इ ले दिएको नियमहरुको पालना गरियोस र हाम्रो देश नेपाल फेरि पहिलेको जस्तै अवस्था परिणत होस ।