विवाह गरेलगत्तै आत्महत्या
गुगलपाटी संवाददाता भारतभारतको उत्तर प्रदेशको सोनभद्रमा एक जोडी प्रेमीले आत्महत्या गरेका छन्।सहमतिमै विवाह गरेपछि उनीहरुले आइतबार राति रुखमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।
लामो समयदेखि प्रेममा रहेका १९ वर्षीया यशोदा र २४ वर्षीय विद्यासागरले आइतबार राति आत्महत्या गरेको प्रहरीले बताएको छ।
आत्महत्या गर्नु अघि उनीहरुले विवाह गरेको प्रहरीले बताएको छ।मृतक युवकले लगाएको पासोको डोरीमा सिन्दुर देखेपछि आत्महत्या गर्नु अघि उनीहरुले विवाह गरेको अनुमान गरिएको छ।
यशोदाले प्रेमी रहेको बताएपछि परिवारले स्वीकार गरेको थिएन। उनको १३ जुनमा अर्कै केटासँग विवाह गर्ने पक्का भइसकेको थियो। परिवारले अर्कैसँग विवाह गरिदिने भनेपनि उनीहरु लुकीछिपी प्रेम गर्दै आएका थिए।
आइतबार दिउँसो ३:५४ बजे फोनमा कुराकानी गरेको यो जोडीले घरदेखि टाढा गएर रुखमा पासो लगाइ आत्महत्या गरेको हो। शवको पोष्टमार्टम गरिएको छ।एजेन्सी