उद्योग वाणिज्य संघको नेतृत्वमा खोलेको पसलहरु प्रहरीले गरे बन्द
गुगलपाटी संवाददाताकोरोना भाइरस (कोभिड १९) विश्व नै त्रसित रहेको बेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिपकराज नेपालले लकडाउनको उलघंन गरेर बजार खोलिएमा प्रहरीले बन्द गरिने बताए । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि बढ्दो अवस्थामा रहेको देखिन्छ ।
बुधबार हेटौँडामा उद्योग वाणिज्य संघको नेतृत्वमा पसलहरु खोलीएपछि विभिन्न विवादहरु उठेका थिए । नेपाल सरकारको निर्णय विपरित चल्न खोजे त्यसलाई रोकथाम गर्ने नेपालले बताए ।
देशैभरी ब्यवसाय बन्द रहेको बेला हेटौँडामा मात्र खोल्न नमिल्ने बताए । सरकारको निति नियम पालना गरि लकडाउनको अवधीसम्म घरमै बस्न नेपालले अनुरोध गरेको छन् ।