नेपालमा कोरोनाको कारण मत्यु हुनेको संख्या ९ पुग्यो

गुगलपाटी संवाददाता
२१ जेष्ठ २०७७ ११:२९

कोरोनाको कारण मृत्यु हुनेको संखया ९ पुगेको छ । कोरोनाको कारण आज दोलखा निवासी ७६ वर्षीय बृद्धको मृत्यु संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संखया ९ पुगको हो ।

सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जानकारी दिन गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।

उनलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।