मकवानपुरमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु

गुगलपाटी संवाददाता
२३ जेष्ठ २०७७ ०७:३८

मकवानपुरमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका –४ का ३२ वर्षिय पूर्णध्वज केसीको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना १ क ७२९३ नम्बरको जेसीबी अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएले छ । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोट तर्फ जाँदै गर्दा भएको दुर्घटनामा जेसीबीमा रहेका नवलपरासीका २४ वर्षिय अनिल मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।