सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ
गुगलपाटी संवाददातादुर्लभ वन्यजन्तु सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ परेका छ । । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३२ वर्र्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्र्षीय अबमिकल घलान र चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
वन्यजन्तु सालकको खपडा सहित पक्राउ परेका ३ जनालाई आवस्यक कारबाही को लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रहरीले जानकारी दिएको छ । बिहिबार दिउँसो विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको टोलिले मनहरी गाउँपालिका वडा नंबर ७ स्थितमा ६५० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा कारोवार भईरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको हो ।