शनिबार आधिकांश ठाँउमा वर्षाको सम्भावना
गुगलपाटी संवाददातान्यून चापीय क्षेत्रको प्रभाबसँगै स्थानीय र पश्चिमी वायुको प्रभाबले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने मौसक पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार, आज प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै शनिबार प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।