बागमती प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

गुगलपाटी संवाददाता
२४ जेष्ठ २०७७ १०:०८

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

संक्रमणबाट बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा र ललितपुर जिल्लाका एक–एक जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका कोरोना विभाग हेर्ने डा.पुरुषोत्तम सेढाइका अनुसार, बागमतीमा हालसम्म ८३ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जनाको उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रदेशका १३ जिल्लामध्ये काठमाडौँमा २३ जना, रामेछापमा १९, चितवनमा ६ जना, काभ्रेमा ६ जना, मकवानपुरमा ६ जना, भक्तपुरमा ५ जना, धादिङ र सिन्धुलीमा ४–४ जना, ललितपुर र नुवाकोटमा ३–३ जना, सिन्धुपाल्चोक र दोलखामा २–२ जनामा कोरोना पुष्टि भएको हो ।