हेटौंडाका कलाकार देव लामालाई चलचित्र विकास बोर्डले नगद ९५ हजार सहयोग
गुगलपाटी संवाददाताहेटौंडा–८, कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आउनु भएका कलाकार देव लामालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भएको छ । आज चलचित्र विकास बोर्डले नगद ९५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । यस्तै हेटौंडा घर भई देश–विदेशमा रहनुभएका र हेटौंडामै रहनुभएका विभिन्न क्षेत्रका व्यक्तिहरुबाट ६४ हजार रुपैयाँ पनि आजै सहयोग गरिएको छ । यसअघि हेटौंडाका कलाकारको एक समुहले पनि १ लाख ७ हजार ४८ रुपैयाँ लामाको परिवारलाई सहयोग गरिसकेको छ ।
कलाकार लामा थला परेर बसेको भन्ने समाचार थाहा पाएपछि चलचित्र विकास बोर्डले मंगलबार बैठक बसी चलचित्रकर्मी कल्याणकारी कोषबाट लामालाई ९५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । आज बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाल, वरिष्ठ कलाकार एवम् कलाकार कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समूह देव लामाको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको छ ।
हेटौंडाका कलाकार सुशान्त श्रेष्ठको नेतृत्वमा हेटौंडा घर भई हाल अष्ट्रेलिया रहनु भएका सुजीत बानियाँ, अमेरिका रहनुभएका दिपक भट्ट, कतार रहनुभएका सरोज पुडासैनी, कतारमै रहनुभएका झापाका दिनसन बोहरा, काठमाडौंमा रहनुभएका राजुलाल श्रेष्ठ, विराटनगर रहनुभएका अमित घतानी, हेटौंडाका रवि कुमार श्रेष्ठ, हेटौंडा–१८ का बाबुराम खातिवडा, केदार अधिकारी, हेटौंडा–९ का सोनु मगर, हेटौंडा–४ का यतिराज दंगालले सहयोग गर्नुभएको हो ।