हेटौंडामा आएर यसो भने मंत्री लालबावु पंडितले

देवराज पन्त हेटौंडा,जेष्ठ ८
८ जेष्ठ २०७५ १३:०६

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले आवश्यक देखेको स्थानमा खटाउन सक्ने बताएका छन् ।
हेटौंडामा हिजो जेष्ठ ७ गते देखि आज जेष्ठ ८ गते सम्म चलेको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री पण्डितले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुको समेत नागरिकलाई सेवा प्रवाहमा समन्वय गर्न र यसका लागि निजामति कर्मचारीलाई काम गर्न सहज वातावरण बनाउन र जनप्रतिनिधि पनि जवाफदेही हुन समेत आग्रह गरेका छन् ।
मन्त्री पण्डितले कुनैपनि कर्मचारीले काममा आलटाल गरे सिधै आफूलाई जानकारी दिन समेत आग्रह गरेका छन् र प्रदेश नम्बर ३ का मुख्यपन्त्री डोरमणी पौडेलको सभाध्यक्षतामा भएको परिषद बैठकमा १३ जिल्लाका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको थियो । प्रदेश समन्वय परिषद बैठकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको हो । बैठकमा ३ नम्बर प्रदेशका संघीयमामिला मन्त्री शालिकराम जमरकट्टेल, ३ नम्बर प्रदेशका मुख्यसचिव रेश्मीराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।