हेटौंडाको क्वारेन्टाइनमा १४६ जना आए

गुगलपाटी संवाददाता
३१ जेष्ठ २०७७ १०:३३

 हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको हेटौंडा–१०, गोरक्षेश्वरको क्वारेन्टाइनामा आजसम्म १ सय ४६ जनाले सेवा लिएका छन् । विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिने र सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर पठाइने गरेको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिनुभयो । हालसम्म हेटौंडा उपमहानगरपालिका ९ महिलासहित ७२ जना क्वारेन्टाइनमा विभिन्न स्थानबाट आइपुगेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९, १०, १२, १३ र १५ मा क्वारेन्टाइन संचालनमा छन् । हेटौंडाका ७२ जना नागरिकहरुलाई सम्बन्धित क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेको उहाँले जानकरी दिनुभयो । हिजो शुक्रबार गोरक्षेश्वरको क्वारेन्टाइनमा महेन्द्रनगर हुँदै भारतबाट आएका ३ जना तेह्थुमका, धरानका १ र कैलाश गाउँपाकिलाका ३ जनालाई सम्बन्धित स्थानीय तहको एम्बुलेन्समा पठाइएको इन्चार्ज ढुंगेलले बताउनुभयो । यता विदेशबाट आएका हेटौंडा उपमहानगरपालिकाका नागरिकहरुको भने सबैको पिसिआर परीक्षण गर्न जोड गरिएको उहाँले बताउनुभयो ।