बागमती प्रदेशमा कोरोना नियन्त्रणको लागि १९ करोड खर्चिने (पूर्ण पाठ सहित)
गुगलपाटी संवाददाताबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि १९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड र पूँजिगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ बजेट बिनियोजन गरेको हो ।
राजश्व तर्फ २० अर्ब ८३ करोड ७९ लाख हजार रुपैयाँ कर, अन्तर सरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजश्व ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचत ७ अर्ब ५० करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।
चेपाङ्गका लागि चिउरी कार्यक्रम अन्तरगत चिउरी खेती र चेपाङ्ग समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि रकम व्यवस्था गरिएको छ । यसरी उद्योग क्षेत्रको विकासका लागि समग्रमा रु ८२ करोड विनियोजन गरिएको । बाबुआमा दुबै नभएका बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले मासिक २ हजार रुपैँया भत्ता दिने भएको छ । हेर्नुहोस् बजेटको पूर्ण पाठ–