भिमफेदी कारागारको सुरक्षा सेनाले गर्ने

गुगलपाटी संवाददाता
२ असार २०७७ ०७:०८

मकवानपुरको भीमफदी कारागार सहित मुलुकका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । मकवानपुरको भीमफेदी कारागारमा खटिएका ६० जना सशस्त्र प्रहरीको स्थानमा सोहि संख्यामा सेनाले सुरक्षा दिने कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो ।

हिजो सोमबार देखि अहिलेको संक्रमणकालमा सेनाले कारागारको सुरक्षा गर्ने उहाँले बताउनुभयो । भीमफेदी कारागारमा अब मकवानपुरको सुपारेटार ब्यारेकका सेनाले सुरक्षा गर्ने भएको जेलर खनालले बताउनुभयो ।