भिमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आरडिटि परिक्षण

गुगलपाटी संवाददाता
३ असार २०७७ ०९:४५

 भीमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आज यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) माध्यमबाट कोरोनाको परीक्षण भएको छ । भीमफेदी गाउँपालिकाले आज कारागारको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । कारागारको क्वारेन्टाइमा बसेका ८ जनाको परीक्षण गर्दा रिपोर्ट नेगिटिभ आएको छ ।

हालसम्म भीमफेदी गाउँपालिकामा हालसम्म १ सय २६ जनाको आरडिटी माध्यमबाट परीक्षण भएको छ । जसमा १ जनामा आरडिटी पोजेटिभ देखिएको छ भने अन्य बाँकी सबैको रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । गाउँपालिकामा हालसम्म कसैको पनि पिसिआर विधिबाट कोरोनाको परीक्षण नभएको उहाँले बताउनुभयो ।