मकवानपुरमा रक्तदान कार्यक्रम हुने
गुगलपाटी संवाददाताहेटौंडाः लकडाउनको समयमा यहि असार ६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पंतनजलि योग जिल्ला समितिको आयोजनामा मकवानपुरमा रक्तदान कार्यक्रम हुने भएको हो ।
लकडाउनमा सामजिक दुरीका साथै स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम, रक्तसञ्चार केन्द्र हेटौंडा शाखामै गरिने पंतनजलि योग समितिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।