लकडाउन अवधिमा ७३ ओटा मुद्धा दर्ता
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः कोरोना भाइरस (कोभिड १९) को कारण अहिले देश लकडाउनमा रहेको छ । लकडाउन सुरु भएसगैं गत चैत्र ११ गतेसम्ममा मकवानपुर जिल्ला अदालत कार्यालयमा ७३ ओटा मुद्धा दर्ता भएका छन् । लकडाउन हुनुभन्दा पहिला अन्दाजी दिनमा ३÷४ ओटा मुद्धा दर्ता हुनेगथ्र्यौ भने अहिले १ ओटा मुद्धा दर्ता हुने गर्दछन् ।
अदालतमा मुद्धा दर्ता धेरै मात्र लागुऔषत सम्बन्धि रहेको ना.सु. सुमन ढकालले बताए । मकवानपुरको पहाडी क्षेत्र भिमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा धेरै मात्रमा गाँजाखेति गर्ने पाइएका छन् । जिल्ला अदालतमा लकडाउन अवधिभर लागुऔषत सम्बन्धि २९ ओटा मुद्धा दर्ता भएको उनले भने । त्यस्तै अपराधिक उपद्रोह गरेको आरोपमा ४ ओटा मुद्धा दर्ता भएको छ । सवारी ज्यानसम्बन्धि ३ ओटा, सवारी अङ्गभङ्ग सम्बन्धि २ ओटा, ज्यानसम्बन्धि कसुर ४ ओटाको मुद्धा जिल्ला अदालतमा दर्ता भएका छन् । जवरजस्तीकरणीय सम्बन्धि ९ ओटाको मुद्धा दर्ता भएको छ । जसमध्ये एउटा हाड नाताकरणीय सम्बन्धि र अर्को वैवाहिक सम्बन्धि मुद्धा दर्ता भएको मकवानपुर जिल्ला अदालतले जानकारी दिए ।
त्यस्तै चालु आर्थिक वर्ष तिन महिनाको अवधिमा मकवानपुरमा जवरजस्तीकरणीय उद्योग सम्बन्धि ३ ओटा मुद्धा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगमा २ ओटा, बहुविवाह सम्बन्धि ३ ओटा र अङ्गभङ्ग सम्बन्धि ३ ओटा मुद्धा दर्ता भएको ढकालले बताए ।
लकडाउनको अवधिमा मकवानपुरमा ठनी सम्बन्धि १ ओटा मुद्धा दर्ता भएको छ । चोरीडाका सम्बन्धि २ ओटा, गौवध सम्बन्धि १ ओटा, हातहतियार खरखजाना सम्बन्धि १ ओटा, विदेशी विनिमय सम्बन्धि १ ओटा र वन सम्बन्धि ६ ओटा मुद्धा दर्ता भएको जिल्ला अदालतले बताए ।
त्यस्तै लकडाउनका कारण मकवानपुरमा राहदानीको लागि काठमाण्डौबाट आउने सिफारिस रोकिएका छन् । लकडाउनको अवधिमा जिल्ला प्रशासन कार्यालयले राहदानी वितरण भने गरेका छैनन् । गत असार १ गतेबाट जिल्ला प्रशासन कार्यालयमा ९६ जनाले राहदानी आवेदन लिएका छन् भने १२ जनाले दु्रत सिफारिस भरेको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जानकारी दिएका छन् ।
लकडाउन अवधि भन्दा पहिला दैनिक अन्दाजी ६० जनाले राहदानीको लागि सिफारिस भर्न आउने गथ्र्यौ भने अहिले १४÷१५ जना आउने गरेको जिल्ला प्रशासन कार्यलयका सुचना अधिकृत देवचन्द्र गर्तौलाले बताए ।
राहदानी फाँटमा ३ जना कर्मचारी रहि कामलाई निरन्तरता दिइरहेको सुचना अधिकृत गर्तौलाले जानकारी दिए । लकडाउन खुकुलो गरेको कारण राहदानी बनाउन आउनेको संख्या बढ्दो अवस्थामा रहेको उनले भने । सेवा सुविधा बढे सगैं राहदानी बनाउन आउनेको संख्या बढ्दै गएको उनले बताए ।